Skip to content
Sisakalam

Sisakalam

कुखुरा पैले कि फुल पैले ?

Admin, June 9, 2011
0 0
Read Time:3 Minute, 8 Second

कुखुरा पैले कि फुल पैले ?
“प्रधानमन्त्रीज्यू”
सुसिलदाले भन्नुभो
“राजीनामा पाम त”
“राजीनामा रे – हैन ए सुसिल जी”
प्रम ज्यूले भन्नु भो
“नयाँ कुरा सुनाउनु भयो त”
“नयाँ कुरा रे ?”
सुसिल दाले भन्नुभो
“उ बेला उ थप्ने बेला उ गर्ने भनेर तपैले भन्नु भा हैन ?”
“उ बेला उ गर्ने भनेर माधव कामरेडले भन्नुभा’हो ” प्रम ज्यूले भन्नुभो
“ह्वाले राजीनामा दिसक्नु भो”
थप्नु भो
“उहाँले दिएर त मैले पा’को”
“उहाँले उ दया त उनर्ले भनेर हो”
सुसिलदाले भन्नु भो
“मैले मागेको त तपैको हो”
थप्नु भो
“मैले त नदिनोस भनेको हु ह्वालाई ”
“अनि नदिनोस भन्याँ कुरो उल्टै माग्नु हुन्छ आफै ?”
प्रम ज्यूले भन्नुभो
“बडो अचम्मको कुरा गर्नुहुन्छ”
“मैले मागेको तपाईको राजीनामा”
सुसिल दाले अलि कड्किए झै भन्नु भो
“थोडी उहाँको हो र सिधा कुरालाई ठट्टा बना’र बुझने ?”
“तर कुन राजीनामा ?”
प्रम ज्यूले भन्नु भयो
“कुरै बुझिएन अलि बुझने गरी भन्नोस न”
“त्यहि राजीनामा, किन बुझनुहुन्न तपै ?”
सुसिल दाले भन्नु भयो
“मैले नेपाली मै भन्दै छु त”
“कुन ?”
प्रमज्यूले सोध्नु भो
“कुन राजीनामा /”
“संविधानसभा म्याद थप्न परेको हो कि हैन ?”
सुसिलदाले सोध्नु भो
“हो कि होइन ?”
“हो”
प्रमज्यूले भन्नुभो
“थप्ने बेला राजीनामा दिने सहमति भएको हो कि होइन ?”
“हो”
“राजीनामा दिने भए मात्र म्याद थप्ने भनेर हामीहरुले भन्या हो कि होइन ?”
“हो हो”
“तपैले नि राजीनामा दिन्छु भनेर सहमतिमा सहि घस्काएको हो कि होइन ?”
“हो भन्छु त”
“अनि दिनोस न त राजीनामा ”
“कुन राजीनामा ?”
सुसिल दा दिक्क हुनु भो
“बढी कुरा हैन”
सुसिल दाले भन्नु भो
“खुरुक्क राजीनामा दिनोस”
“त्यसै राजीनामा कहाँ हुन्छ ?”
प्रम ज्यूले भन्नु भो
“पैले बिकल्प चाहियो नि”
“पैले राजीनामा दिनोस न ”
सुसिल दाले भन्नुभो
“बिकल्प त निस्कि हाल्छ नि”
“पैले सहमति गरुम न, म पछि को बन्ने ?”
प्रमज्यूले भन्नु भो
“सहमति पछि राजीनामा आइ हाल्छ नि”
“पैला राजीनामा दिनोस”
सुसिलदाले भन्नुभो
“अनि बन्छ सहमति”
“हैन”
प्रमज्यूले भन्नुभो
“पैले सहमति”
“इस पैले राजीनामा”
“इस पैले सहमति”
“इस पैले राजीनामा”

Share

Facebook
Twitter
Pinterest
LinkedIn

About Post Author

Admin

mail@rabimishra.com
https://sisakalam.com
Happy
Happy
0 0 %
Sad
Sad
0 0 %
Excited
Excited
0 0 %
Sleepy
Sleepy
0 0 %
Angry
Angry
0 0 %
Surprise
Surprise
0 0 %
लेख / ब्यङ्य

Post navigation

Previous post
Next post

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%
(Add your review)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2023 Sisakalam | WordPress Theme by SuperbThemes