Read Time:2 Minute, 25 Second

तर एकजना नेताको कुर्सी भने पछी सातो जान्छ । ति पनि चानचुने खालका र कुर्सिको आसै मार्नु पर्ने खालका नेता होइनन । ति त हुन माओबादी अध्यक्ष कामरेड प्रचन्ड । जो अहिले कुर्सी सग डराउनु हुन्छ । त्यसो त उहा पहिले देखी नै कुर्सी फोबिया भएका नेता भने होइन समयले उहालाई कुर्सी देख्दा सातो जाने पर्दियो .
जब उहा प्रधानमन्त्री हुनु भएथ्यो । कट्टुवाल लाई किक हान्न खोज्दा कुर्सी बाट नराम्ररी पछारिनु भयो । त्यसपछी उहा आँफैलाई लडाउने कुर्सी को लागी लड्नु सम्म लड्नु भो । यसक्रम मा धेरै नै पछारिनु भयो । पछारिने उठ्ने , पछारिने उठ्ने क्रममा उनको ब्यक्तिव धुजा धुजा भयो । पछी कुर्सी कै लागि रामचन्द्र सग दर्जनौ पटक लड्नुभो र त्यतिनै पटक पछारिनु भो ।
उहाले कुर्सीलाई चाहनु भए पनि कुर्सीले उहालाई चाहेन । उहा लड्या लड्यै मात्रा गर्नु भो । कुर्सी हेर्दा हेर्दाइ बाबुराम को भयो । ढल्ने आसमा जती कुरे पानी बाबुराम सरकार ढलेन । उहालाई दिक्क लाग्यो ।
अन्तिममा बाबुराम सग उहाको ठाकठुक पर्यो । त्यही झोकमा बाबुरामले कुर्सीको झट्टी हानिदिने । उहाको हंसले ठाउँ छोड्यो ए रात्तै । कुर्सिले त हान्ने काम पनि हुदो रैछ कुर्सीले त गोद्दो पो रैछ । त्यसपछी उहालाई कुर्सी देख्यो कि डर लाग्छ । पर भाग्नु हुन्छ ।
गोप्य खबर पत्ता लाएछन । उसो त नेता कुर्सीसँग डराउलान भन्नी हाम्लाई चैं नलाग्या स्थिति हो ।