Read Time:2 Minute, 27 Second
बिपक्षी नेताहरुले भने
“यहाँ नियत सही देखिएन “
“तब !”
अर्का बिपक्षी नेताले भने
“जब टेकाइ नै टेडा छ भने नियत कसरी सिधा हुन्छ ?”
“उह उह”
एक नेता घुँडा मारेर बस्नु भो । हेर्नु भो अनी भन्नु भो
“यो पाइला मा त पुरै अंम्ला देखिया छैन । आखिर किन लुक्यो अंम्ला उहाको कदममा ?? यहा आसंका छ “
एक फेरा कदमको छापलाई सुँघ्नु भो, अनी नाक थुन्दै भन्नु भो ।
“ओहोहोहो……! अब सकिएन, यो त लास्टै भो “
अली पर जानु भो । बान्ता आउन लागेको जस्तै गर्नु भो । रुमालले हम्कनु भो । अनी त्यसैले नाक छोप्दै भन्नु भो ।
-“ह्वास्सै गन्ध छ खड्यन्त्रको ! प्रधानमन्त्री ज्यु को कदममा । ”
“त्यही त ! यस्तो गनाउने कदम लाई राम्रो भन्न सकिन्न्न “
अर्का नेताले भन्नु भो !
“उहा गनाउने बाटो हिंडेको भएर हो उहाको कदम गनाएको !”
थप्नु भयो ।
-“गनाउने कदमले मुलुकलाई दुर्गन्धीको दिशा तर्फ डोहोर्याउछ ! ”
“उनको यो कदम सच्चिनु पर्छ । सच्याउन लाई राष्ट्रपतीले पनि यस्तै कदम चाल्नु पर्छ ” सबै एक मत भए !
——————————————————————
अर्कादिन राष्ट्रपती कुन्नी कता गएर आउनु भएछ । सत्तारुढ दलले देखी हाले पाइला ।
“उह ! उह !!“
सत्तारुढ दलका नेताले भन्नु भो ।
“फेरी अर्को कदम देखा पर्यो । “
“नियत ठीक छैन यसको “
अर्का नेताले भन्नु भयो .
“साह्रै अस्पस्ठ र मधुरो छ “
तर उहाको नियत चाँही स्पस्ठ छ ।
“यहा खड्यन्त्र हुँदै छ । “
“तब”
अर्का नेताले सिप साप लाउदै बोल्नु भो ।
“यो कदम मा जुत्ताको नम्बर उल्लेख छैन । यसले उहा आफ्नो अधिकार नै नभएको बाटो हिड्दै हुनुहुन्छ भन्ने प्रस्ठ हुन्छ ।
“उहाको कदम सच्चिनु पर्छ ” सबै एक मत भए ।
—हुँदा हुँदा अब राष्ट्रपती र प्रधानमन्त्रीले हिड्दा आफ्नो कदम प्रिन्ट हुन्छ कि भनेर डराउनु पर्ने भनेछ —–