Skip to content
Sisakalam

Sisakalam

कांग्रेसका राष्ट्रपती

Admin, October 9, 2012
0 0
Read Time:2 Minute, 6 Second

राजेशदाइ जोक पेजमा राजेश हमाल सम्बन्धी एउटा जोक छ । जहाँ एउटा जड्याहाले राजेश हमाललाई भनेछ -” तपाईं भुवन केसी हैन ?”
राजेश हमालले भनेछन -“कहा हुनु म त राजेश हमाल हुँ ।”
जड्याहाले भन्यो -“हैन तपाईं भुवन केसी नै हो ?”
राजेश हमालले भनेछन -“हैन हौ म राजेश हमाल नै हुँ । “
जड्याहाले भनेछ -” गफ नदिनु न गफ ! कत्तिन हाम्लाई चै थाहा नभए जस्तो । तपाईं भुवन केसी नै हो । “
अन्त्यमा जड्याहा सग हार खाएर राजेश हमालले भनेछन -” ल ल म भुवन केसी नै हो । “
जड्याहाले भन्यो -“तर हेर्दा त तपाईं राजेश हमाल जस्तो देखिनुहुन्छ नि त । “
अहिले राष्ट्रपतिलाई प्रधानमन्त्रीले भनीरहनु भा‘छ -” तपाईं कांग्रेशको राष्ट्रपती हो !”
राष्ट्रपती भन्नु हुन्छ -“कहा म काँग्रेश को राष्ट्रपती हुनु म त सप्पैको राष्ट्रपती हुँ । “
प्रधानमन्त्री भन्नु हुन्छ -” हैन तपाईं काँग्रेस कै राष्ट्रपती हो । “
राष्ट्रपती भन्नु हुन्छ -” ए बाबा । मैले उहिल्यै कांग्रेस को साधारण सदस्य बाट समेत राजीनामा दिसके भने म कसरी कांग्रेसको राष्ट्रपती हुन्छु ?
प्रधानमन्त्री भन्नुहुन्छ -” एक पटकको काँग्रेस सधैंको कांग्रेस । तपाईं काग्रेस कै राष्ट्रपती हो । “
एक दिन राष्ट्रपतीले हार खाएर भन्नु हुन्छ । “ल ल म कांग्रेस कै राष्ट्रपती हुँ । ” त्यतिबेला प्रधानमन्त्रीले भन्नुहोला -“तर तपाईं हेर्दा त सप्पै को राष्ट्रपती जस्तो देखिनी हुन्छ त ।

Share

Facebook
Twitter
Pinterest
LinkedIn

About Post Author

Admin

mail@rabimishra.com
https://sisakalam.com
Happy
Happy
0 0 %
Sad
Sad
0 0 %
Excited
Excited
0 0 %
Sleepy
Sleepy
0 0 %
Angry
Angry
0 0 %
Surprise
Surprise
0 0 %
लेख / ब्यङ्य

Post navigation

Previous post
Next post

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%
(Add your review)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2023 Sisakalam | WordPress Theme by SuperbThemes