Skip to content
Sisakalam

Sisakalam

बैठक कहाँ कहाँ ?

Admin, February 28, 2014
0 0
Read Time:4 Minute, 27 Second

चमत्कार

ओली
कामरेड संसदीय दलको नेता भएसी
एमालेले मजैले बुर्कुसी मार्न
थालेको छ । पहिला पहिला घर्सिर्दै
चल्ने पार्टी उहाँको आगमन
संगै उफ्रेर चल्न थालेको छ
|
अब एमाले ब्रेक
नभएको ट्रेन जस्तो चल्या चल्यै
गर्न थालेको छ । उहाँको नेतृत्वमा
एमाले संसदीय दलको
‘ननस्टप
स्पिड
‘ हेर्दा
अब एमाले कहिल्यै रोकिन्न
क्यारे भन्ने लाग्न थालेको
छ । चल्ने जिनिस उनसुकै होस्
,
त्यो ड्राइभर
बिरामी भएसी चल्दैन थियो ।
तर यो एमाले भन्ने जिनिस ड्राइभर
बिरामी भए नि चल्या चल्यै छ
। डुलमुले गाडीको यो अनवरत
चलाई देखेर दुनिया तिन छक्क
छ ।

तातै
पानि

त्यो
भन्दा छक्क लाग्दो कुरा एमालेले
अहिले निरन्तरताको क्रमभंग
गरेको छ । पहिले पहिलेको
“अहँ
हुन्न ।
“, “हुदै
हुन्न
!” “त्यै
चाहिन्छ।
” “नत्र
हुन्न
!” पछे
“ल भै
गो नि त भनेन ।
” हुन्नका
हुन्नमै आफुले चाहेको लिएरै
छाड्यो । यसपाली
“नत्र…”
पछी सुसिलबाले
टेर्दै नटेर्दा नि एमालेले
रिसले होस् गुमाएन र । चिसै
पानीले नुहाएर झोक फेरेन ।
बरु ननुहाएरै डडाल्नु कन्याउदै
बस्यो । अनि त सुसिलबालाई रुख
मासिएला भन्ने डरलाई एकातिर
पन्छाउदै दाउरा जोरजाम गर्न
करै लाग्यो । त्यति बेला सम्म
उ नत्रमै रहिरह्यो जतिबेला
सम्म सुसिलबाले फुइफुई खलाती
लगाएर पानि भुक्लुक्क उमालेर
छोडेनन् ।

अस्पतालमा
बैठक

जुनीमै
पहिलो पटक तातै पानीले नुहाएपछी
एमाले कम्ता जोसिएन । त्यो
जोस संगै आफ्नो अनवरत यात्रा
अघि बढाउन के खोजेथ्यो । कामरेड
वली त्यहि बेलामा बिरामी परेर
अस्पताल भर्ना भए । ध्रेरैलाई
लाग्यो
– अब
एमाले रोकिएला । तर ओली कामरेड
संसदीय दलको नेता भएको पार्टी
कहाँ रोकिन्थ्यो । हस्पिटल
मै मिटिंग बस्यो । सलाइनको
बोतलबाटै मुलुक चलाइदिए ।
ओली
कामरेड अहिले त हस्पिटलको
सामान्यवार्डमा हुनुहुन्थ्यो
र मिटिंग चलाउनु भयो । इमर्जेन्सीमा
भएको भए के गर्नुहुन्थ्यो
होला
? पक्कै
पनि उपचारको लागी हतारिएका
बिरामीहरुलाई रोक्दै भन्नुहुन्थ्यो
होला
-“एकछिन
है पैला पार्टीको मिटिंग बसम
।
” त्यसपछी
उहाँ उपचार रोकेर पार्टी चलाउन
थाल्नुहुन्थ्यो ।

नयाँ
सम्भावना

अप्रेसन
थियटरमा उनलाई लैजानुपर्यो
भने । उनले पक्कै नि बेहोस
बनाउन दिनुहुन्न । किनकी त्यहि
पनि बैठक बस्नुपर्ने स्थिती
आउन सक्छ । होसै नभएको बेलामा
कसरी बैठक बसाल्नु
?
डाक्टरहरु
पनि चनाखो होलान
–उनको
जहिल्यै बैठक बस्नुपर्ने
कुरामा र एउटा कैची एक्स्ट्रा
राख्लान । नत्र उहाँले अपरेसन
गर्दागर्दैको कैची
“खै
खै
” भनेर
पार्टी बैठक उद्घाटन गर्न
रिवन काट्न सक्छन ।
कुनैदिन
ओली कामरेड मर्निङ वाकमा
जानुहोला । बैठक गर्ने परिस्थिती
आइपर्ला । आखिर बैठक गर्न किन
पर्खिने
? उहाँले
मर्निङ वाकमै बैठक गरिदिनुहुन्छ
। त्यति बेला बैठक बस्ने होइन
। बैठक उठ्छ र बैठक हिड्छ ।
कामरेडलाई
पखाला लागेर सौचालय गएको गयै
गर्नु पर्नेहोला । तर सौचालय
जाने जस्तो सानो कामले बैठक
किन रोक्ने
? बरु
भित्रै बैठक डाक्ने की
?
धत् !
यस्तो त नहोला
तर एमाले रोकिने भएन है उहाको
नेतृत्वले ।

Share

Facebook
Twitter
Pinterest
LinkedIn

About Post Author

Admin

mail@rabimishra.com
https://sisakalam.com
Happy
Happy
0 0 %
Sad
Sad
0 0 %
Excited
Excited
0 0 %
Sleepy
Sleepy
0 0 %
Angry
Angry
0 0 %
Surprise
Surprise
0 0 %
कार्टुन नोट लेख / ब्यङ्य

Post navigation

Previous post
Next post

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%
(Add your review)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2023 Sisakalam | WordPress Theme by SuperbThemes