Skip to content
Sisakalam

Sisakalam

उरासं र आन्दोलन

Admin, October 15, 2014
0 0
Read Time:1 Minute, 59 Second
प्रचण्ड अहिले दोहोरो पदमा हुनुहुन्छ । एक त ४ दल सम्मिलित उच्च राजनीतिक समितिको अध्यक्ष । अर्को त २२ दल सम्मिलित आन्दोलन समितिको अध्यक्ष । एकै व्यक्तिले यो दोहोरो भूमिकाको म्यानेज कसरी गर्नुहोला ?

उहाँ मद्धे आन्दोलनमा हुनुहोला । मसाल सक्लाइरहदा, टायर बालिरहदा उच्च राजनीतिक संयन्त्रको बैठक बस्न पर्दा प्रचण्डले के गर्नुहोला ? तर कन्फ्युज नहुनुहोस । कुरा सजिलै छ । बैठक सडकमै बोलाउने । आखिर कार्यालयमै बोलाए नि जाने सडकबाटै हो क्यार । अरु दलका नेतालाई नि त्यहि बोलाउने । सडकमा एक एक वटा टायर ओछ्याउने उहाँहरुलाई त्यँही बसाल्ने र बैठक गर्ने । एक किलो सुन्तला र डेड दुइ माना बदाम किनेर त्यहीँ भागबण्डा मिलाउने र कालो झण्डाले मुख पुछेर बैठक समापन गर्ने ।



यो त भो प्रचण्ड सडकमा हुँदा उच्च राजनीतिक संयन्त्रको बैठक गर्नुपर्यो भने के गर्ने भन्ने । अब कुरा गरम प्रचण्ड उच्च राजनीतिक संयन्त्रको कार्यालयमा हुँदा आन्दोलन को बैठक बस्नु पर्यो भने के गर्ने ? सजिलै छ – संयन्त्रमै दुइ वटा ठुला मकलको ब्यबस्था गर्ने । अनि बाँकी आन्दोलनकारी दललाई बोलाएर एउटा मकलमा टायर बाल्ने । अनि संयन्त्र भित्र टायर बालेको बिरोधमा कांग्रेस एमालेले अर्को मकलमा दाउरा बाल्ने । त्यहीँ सबै मिलेर सेकुवा पोल्ने र टुच्च लाउने । अनि त्यसकै तालमा सहमती गर्ने ।

Share

Facebook
Twitter
Pinterest
LinkedIn

About Post Author

Admin

mail@rabimishra.com
https://sisakalam.com
Happy
Happy
0 0 %
Sad
Sad
0 0 %
Excited
Excited
0 0 %
Sleepy
Sleepy
0 0 %
Angry
Angry
0 0 %
Surprise
Surprise
0 0 %
उच्च स्तरीय राजनीतिक समिति प्रचण्ड लेख / ब्यङ्य व्यङ्ग्य

Post navigation

Previous post
Next post

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%
(Add your review)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2023 Sisakalam | WordPress Theme by SuperbThemes