पैले पैले राजाका जुठो पिरो खाएकाहरु घाँटी सुक्ने गरि कराउँथे -“राजा आउ देश बचाउ ।” ज्ञानेन्द्र नि टाउको हल्लाएर बचाउने नै जसरी भन्थे -“हुन्छ । मैले बुझें ।” प्रत्येक बक्तव्यको अन्त्यमा “पशुपतीनाथले कल्याण गरुन, जइ नेपाल !” भनेको सुन्दा लाग्थ्यो – उनले देश बचाउनको लागी पशुपती नाथलाई खटाइरहेका छन् त्यसैले गर्दा देश थेगिएको छ । पछी उनको दरवारमा परिवर्तनको खोलो पस्यो । उनले न त आफ्नो गद्दी बचाउन सके न त राजतन्त्र नै अन्तत: नागार्जुन उक्लिए ।
अचेल तिनी केही बचाउन सक्ने स्थितिमा छैनन् ।
केहि समय अघी सिकिस्त पर्दा जेन तेन ज्यान बचाए । बचाउ भन्दैमा ज्ञानेन्द्रले के बचाउन सक्थे जो औसत नागरिक भन्दा नि कमजोर छन् । औसत नागरिक कमसेकम छोराछोरीलाई कुलतबाट त बचाउन सक्थे ज्ञानेन्द्रले यति पनि सकेनन । तैपनि पनि ज्ञानेन्द्र गणतन्त्र आएसी राजाको पदबाट मात्र बर्खास्त भएका हुन । पारसको बाउको पदबाट हैन । त्यसैले ज्ञानेन्द्रले पारसलाई बचाउनु पर्छ । ज्ञानेन्द्र जाउ । पारस बचाउ !!