Skip to content
Sisakalam

Sisakalam

बिज्ञापन

Admin, June 11, 2015
0 0
Read Time:3 Minute, 51 Second

भर्ना खुल्यो ! भर्ना खुल्यो !!
नेपाल सरकारबाट हरियो स्टिकर लगाएको यस हरितेश्वर आवासीय स्कुलमा भर्ना खुल्यो।
 हाम्रा बिशेषताहरु : भाग्नको लागी खुला चौर । लुक्नका लागि बलिया बेन्च । चर्के नि नभत्किने भवन । भत्किए नि खासै नथिच्ने भित्ता । चारैतिर ढोका । सिट सिमित छ तुरुन्त सम्पर्क राख्नुहोस् । आफ्ना नानिहरुको जिन्दगी सुरक्षित बनाउनुहोस् ।
…………………………………
होटल नौलाख तारे !
-काठमाडौँको मुटुमा सुबिधा सम्पन्न तारे होटल ।
-तपाइले रोजे जस्तै खोजे जस्तै ।
-न अग्ला भवन न त कुनै डर ।
-बास्तवमै तारे होटल । खुल्ला चौरमै बसोवासको व्यवस्था । उतानटांग लगाएर सुतिसुति तारा गन्न सकिने ।

– तानाशाह गद्दाफी झैँ विलासी बसोवासको व्यवस्था । अर्थात पुरै पालमा बसोबास । रंगी बिरंगी पालमा सिंगल र डबल बेडयुक्त कोठाहरुको व्यवस्था ।
– पुरै अर्गानिक बातावरण फरिकोले बारेका भीआइपी रुमहरु । संसारकै ठुलो छाना भएको होटल (आकाश ) ।
-हरेक पाहुनालाई एउटा हेलमेट र झटपट झोलाको व्यवस्था ।
कोठा सिमित छन् तुरुन्न पाल्नुहोला ।
पुनश्च: पाल्नुहोला भन्नाले गाई ,भैसी, कुकुर बिराला  नभै आफै आउने  भने अर्थमा बुझिदिनु होला  ।
……………………
अन्तरास्ट्रिय सोलुसन अब नेपालमा !
के तपाइँले मुसाले गर्दा हैरान हुनु भएको छ ? कस्तै उपाय गर्दा पनि मुसा नियन्त्रण गर्न नसकेर चिन्तित हुनुहुन्छ ? के तपाइँ बिरालो पाल्दा हुने खर्च जोगाउन चाहानुहुन्छ ? कि मुसालाई राखेको मुसौरामा आफै परेर परेसान हुनुहुन्छ ? कि नक्कली बिसादी परेर मुसा नमरेर वाक्क हुनुहुन्छ ? चिन्ता नलिनोस । प्रख्यात खाध्य कम्पनि नेस्ले द्वारा उत्पादीतम्यागी चाउचाउ प्रयोग गरि विषादी प्रयोग गर्ने झन्झटबाट मुक्त हुनुहोस् ।
…………………………………………
गुणस्तरीय निर्माण सामाग्री तपाइकै गाउँमा !
के घर बनाउदै हुनुहुन्छ ? गुणस्तरीय कर्कटपाता  जस्तापाताको खरिदको लागी हामीलाई सम्झनुहोस् ।
 काका भतिज सप्लायर्स
 कविलाश, नुवाकोट ।
साथै काठमाडौँका लागी केहि डिलरहरुको आवस्यकता परेको हुँदा हार्डवेयर पसलहरुले तुरुन्त सम्पर्क राख्नुहोला ।
………………………………………
रोजगारी अवसर :
चिर परिचित काका भतिज सप्लायर्स एण्ड पोलिटिक्स प्रालिका लागी केहि बक्सर र केहि ट्रक ड्राइभरको आवस्यकता परेको भएकोले योग्य व्यक्तिहरुले तु सम्पर्क राख्नु होला ।
योग्यता : बक्सरको लागी पत्रकार चिन्न सक्ने र प्रश्न बुझ्न सक्ने । पहलमान र बफादार । तुरुन्त झोक चल्ने र मान्छे कुट्न सक्ने । ट्रक ड्राइभरको हकमा रुद्रघन्टी भएको यानकी कुरा नखुस्काउने ।
……………………………………

Share

Facebook
Twitter
Pinterest
LinkedIn

About Post Author

Admin

mail@rabimishra.com
https://sisakalam.com
Happy
Happy
0 0 %
Sad
Sad
0 0 %
Excited
Excited
0 0 %
Sleepy
Sleepy
0 0 %
Angry
Angry
0 0 %
Surprise
Surprise
0 0 %
व्यङ्ग्य

Post navigation

Previous post
Next post

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%
(Add your review)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2023 Sisakalam | WordPress Theme by SuperbThemes