Read Time:3 Minute, 15 Second
“भुकम्प बिद ज्यु !”
“हजुर”
“भुकम्प फेरी आउछ कि क्याहो ? सातै लिसक्यो !”
“आउँदैन ।”
“कसरी आउँदैन भन्नु हुन्छ ?”
“किनकी त्यो गैसक्यो । “
“फेरी आयो भने ?”
“किन आउने फर्केर ? घरिघरी फर्किएर आउनलाई पृथ्वी थोडी त्यस्को ससुराली हो ?”
” होइन तर हल्लिदै आयो भने त अाइहाल्यो नि !”
” ए दिनकै हल्ल्लिदै आउन पृथ्वी थोडी सुन्तलीको भट्टि पसल हो ?”
“के हो हामीलाई के थाहा ? अब फर्किएर आउँदैन त ? ढुक्क भए हुन्छ ?”
“फर्किदैन ! तर ढुक्क चै नहुनुहोस् !”
” नफर्किने भएसी किन ढुक्क नहुने ?”
“ढुक्क हुनलाई तपाइँ थोडी गेसपेपर सारेर परिक्षा दिएको परीक्षार्थी होर ? प्रकृतिको लीला जे पनि हुन सक्छ ।”
” जेपनि हुन सक्छ भन्नुहुन्छ फेरी आउदैन भन्नुहुन्छ । भुइचालो किन फर्किदैन त बताउनु हुन्छ ? “
” भूकम्प फर्किनु पर्ने कारण छैन अब । किनकि भूकम्प रिसाएर माइत गएकी श्रीमती हैन न त ससुरालीमा छाता बिर्सेको ज्वाईं । नेपाल तिनको न घर न ससुराली किन आउनु फर्की फर्की ? त्यसैले आउदैन !”
“क्यै गरि आइहाल्यो भने ?”
“आइहाल्यो भने त्यसलाई भूकम्पै नभन्ने । पराकम्पन भन्दिने ।”
” पराकम्पले नि त बिताईहाल्यो नि ।”
“त्यस्तो खासै क्यै हुन्न, डराउनु हुन्न ? ठुलो आउदैन । “
“ठुलो आए के गर्ने नि ?”
“सानो पार्ने । “
“सानो पार्न नि मिल्छ ?”
“किन नमिल्नु ? मजैले मिल्छ ।”
“उसो भए त्यत्रो भूकम्प जादाँ किन सानो नपार्देको ?”
“आउन्जेल मिल्दैन । पछी पार्ने हो । “
“कसरि हुन्थ्छ त्यस्तो ?”
“गरिराकै छौ ! स्केल घटाईदिने । “
“धत् ! त्यस्तो नि हुन्छ ?”
“किन हुन्न ? ७. ४ को भूकम्प ६.९ बनाइ सकियो ! हुन्न भनेर हुन्छ ?”
“तपाइँहरु त्यस्तो भुकम्पै घटाउन सक्ने मान्छे भूकम्प आउने न आउने त पूर्वानुमान गर्न सक्नुहुन्न । “
“कसले भन्यो सक्दैन भनेर ?”
“अनि भन्नोस् त भुइचालो आउछ कि आउदैन ? आउछ भने कहिले आउछ ?”
“एकछिन पख्नोस । “
(भूकम्प विदले फोन डायल गरे ।)
” ज्योतिस बा ज्योतिस बा भूकम्प आउछ कि नाइँ ?”
” आउछ रे ? कहिले ??”
“आजै ?? कतिबजे ???”
“ओ माई गड !”
( भूककम्प विद भागे !)
” किन भाग्नु भा ?” अब केहि मिनेटमै भूकम्प आउछ रे । “
“कहिले ?”
” १२ बजे “
“१ बजिसक्यो त !”
” हँ ? १ बजिसक्यो ? ज्योतिषीले क्या अत्याए !!
थुरथुर काप्दै निधारको पसिना पुछ्दै भूकम्प बिदले भने – नआत्तिनोस ! ठुलो भुइचालो आउदैन ।