Read Time:3 Minute, 36 Second
अघिल्लो सरकारले २०७३ बैशाख १ गते बिहान ७ बजेर ३५ मिनेट २७ सेकेण्डमा काठमाडौंको धारामा मेलम्चीको पानि ध्वार्रर खसालेको थियो । अब धारामा पानि भन्ने चिज आउने होइन भनेर धारोमुनी आगो फुकेर चिया पकाउदै गरेका सर्वसाधारणको त्यतिबेला बिजोग भएको थियो । त्यसबेला धेरै सर्वसाधारणको चुलो निभेको थियो ।
एक्कासी काठमाडौँको घना बस्तीमा मेलम्ची पस्दा खोला खोल्सीहरुमा बाढी आएको थियो । यसले गर्दा किनारका बस्तीहरु डुवानमा परेका थिए । चोकचोकमा ताल बनेका थिए भने सडक सडकमा भेल बगेका थिए । यसले गर्दा जनजीवन अत्यत कष्टकर बनेकाले सरकारको बिपत ब्यबस्थापन संयन्त्रले मेलम्चीको पानि रोक्ने निर्णय गर्नु परेको थियो ।
अहिले प्रधानमन्त्रीजीले फेरी मेलम्ची गएर आउँदो नयाँ बर्षमा काठमाडौँबासीलाई पानी खुवाउनु भनेर निर्देशन दिनू भएछ ।
अब प्रधानमन्त्री नै गएर यसरी निर्देशन दिएपछि यसलाई पुरा गर्नु त सम्बन्धित निकायको कर्तव्य हुन आउला । तर यसरी कर्तव्य पालन गर्दा काठमाडौँबासीको भयरहित ढंगमा चैनसाथ् बाँच्न पाउने अधिकारलाई पनि ख्याल राख्नुपर्ने हुन्छ । किनभने अधिकार र कर्तव्य भनेका एकै नोटका दुई पेज जस्ता हुन् । एकापटिको पेज च्यात्यो भने अर्कापटिको पेज चै “मलाई च्यात्या छैन त” भनेर सग्लो रहन सक्दैन ।
हामीले विगतमै भोगिसक्या छौं, काठमाडौँमा मेलम्ची आइसकेसी के के उत्पात आइलाग्छ भन्ने । अब पनि बिगतबाट पाठ नसिक्ने हो भने समय भन्ने हेड सरले कान निमोठ्ने छन् । त्यसैले अब मेलम्ची आउँदा चै बिगतमा मेलम्ची आउँदा झैँ काठमाडौँ अस्तव्यस्त नहोस् भनेर सम्बन्धित पक्ष चनाखो हुनु आवस्यक छ । पहिले जस्तरी सुरुंग काठमाडौँ छेडेर यत्रा यत्रा पाइपद्वारा सिधै बस्ती बस्तीमा मेलम्ची त्यसले फेरी पनि प्रतिकुल प्रभाव नपार्ला भन्न सकिन्न । फेरी त्यसरी ह्वात्त मेलम्ची हुल्नु अघि चोभारमा निकाशको राम्रो व्यवस्था हुनुपर्छ । त्यसो गरिएन भने मेलम्चीले काठमाडौँलाई फेरी मन्जुश्री अघिकै अवस्थामा पुर्याइदिन सक्छ । यसो भयो भने घोर प्रतिग्रमन हुन्छ । मुलुक प्रतिगमनमा गयो भने यत्रो दु:ख ल्याएको लोकतन्त्र, गणतन्त्र जस्ता चिज केही बाँकी रहन्न ।
त्यसैले अब चै काठमाडौँबासीलाई नयाँ बर्षमा मेलम्चीको पानि खुवाउँदा पहिले जसरी ह्वात्त मेलम्ची नहुलेर ट्र्यांकर, गाग्री, जर्किन, बाल्टिन, बोतल, जार आदिमा ल्याउँदा बेस होला । पैले जसरी खोलै त नहुलुम् होला हौ !