परिवर्तनको पिडाले असह्य भएर चिच्याउछन् – ” जनमतसंग्रह सङ्ग्रह गर्ने हिम्मत छ दलहरुको ? हिम्मत छ सरकारको ?” कोहि सुन्दैनन् । यसरी परिबर्तन अपाच्येहरु रुदा पनि सरकार किन सुनिरहेको छैन अचम्म लागेको छ । हुँदा हुँदा स्वयं बिपि पूत्र शशांक समेत रुन थालिसक्नुभएको छ । यसरी मान्छे रुहाएर किन कानमा तोरीको तेल हालेर बसिरच सरकार जनमतसंग्रह गरिहाल्नु नि । फेरि रुन्चेहरु नि किन ईतिहासका पछिल्ला घटना मात्रै जनमतसंग्रह गर्नुपर्छ भन्दैछन् ?
म त भन्छु इतिहासका हरेक कालखण्डका हरेक घटनाको जनमतसंग्रह सङ्ग्रह गर्नुपर्च । जनताबाट अनुमोदन नगराइ नि घटना परिबर्तनले बैधानिकता पाउछ ? पहिलो त काठमाडौमा पुरै पानी नै पानीको तलाउ थियो रे । मन्जुश्रीले चोभारमा च्वाट्ट काटेर पानी निकालिदिएर उपत्यकाबाट पानी बाहिर तर्काइ जिमिन बनाइन रे । मन्जुश्रीले पानी भएको ठाउँमा जिमिन बनाएर हुन्च ? यहाँ जिमिन बनाउनु पर्यो भन्ने जनताको मागै थिएन । उपत्यकाको पानी तर्काउदा उपत्यकामा हहाकार भो र मेलम्ची सेलम्ची भनेर कुदिराख्नु पर्याछ । त्यसैले यस बिसयमा जनमत संग्रह गराउनु पर्छ । जनमत सग्रहबाट फेरि चोभार थुनी ताल बनाउनु पर्छ । जनमतसंग्रह नै नगरी ताललाई शहर बनाउन पाइन्छ ?
द्रब्य शाह दौडमा जितेर राजा भए रे । अब दौडमा जितेर राजा हुन्च कहि ? यत्रो बिषयमा जनमतसंग्रह गराउनु परेन ? त्यसैले यस विषयमा तुरुन्त जनमतसंग्रह गराइयोस् । जनमत संग्रहले अनुमोदन गरेन भने तुरुन्त लिगलिगबाट अर्को प्रकृयाबाट राजा छानियोस । अनुमोदन भयो भने बैकुण्ठ मानन्धरलाई राजा बनाइयोस् ।
पृथ्वीनारायणको पालादेखी नेपाल एकीकरण भयो । अब जनमतसंग्रह सङ्ग्रह नै नगरी एकीकरण गरेर हुन्च ? यसमा नि तुरुन्तै जनमत सङ्ग्रह गरम् । त्यत्रो नालापानी युद्द चल्यो । सन्धी भयो रोकियो । त्यसरी राष्ट्रघाती सन्धी गरेर युद्द रोकेर हुन्च ? यस विषयमा जनमत सङ्ग्रह गरम र फेरि युद्द लडम । त्यत्रो कोतपर्व भयो । हुनुहुन्थ्यो कि हुन्न थ्यो भनी जनमत संग्रह गरम र मरेका सबैलाई ब्युताम् र जहानिया राणाशासन आउनै नदिम् ।
त्यत्रो एक्से चार बर्ष शासन गर्या राणा शासन जाबो दिल्ली सम्झौताको भरमा फाल्न हुन्छ ? जनमत संग्रह गरौं फेरि फर्काम् । ७२ सालमा त्यत्रो भुकम्प आयो । जनमत संग्रह नै नगरी त्यत्रो भुइचालो आएर हजारौको ज्यान लिन हुन्छ ? अर्बौ क्षति गराउन हुन्छ । त्यसैले भूकम्पलाई जनम सङ्ग्रहबाट हटाम र देशलाई बैशाख ११मा पुर्याम् ।
इतिहासका हरेक घटना जनमत सङ्ग्रहबाट अनुमोदन गराउम् । नगरे त्यसलाइ निलम्बन गरम् ।
जनमत संग्रह गरौं
Read Time:4 Minute, 26 Second
जब लोकतन्त्र आएकोमा चित्त दुख्छ, राजा फालेकोमा गानो गएकाहरु, सङ्घियता र समावेशीताले पेट पोलेकाहरु र धर्म निरपेक्षताले कब्जियत भएकाहरु डाँको छोड्दै भन्छन् – “राजतन्त्र, पुरानो राज्य संरचना, हिन्दू राज्य जस्ता जिनिस पनि जाबो आन्दोलनले फालेर हुन्च ? जाबा जनताको बलिदान संघर्शले फालेर हुन्छ ? जनप्रतिनिधीको सर्व सर्वसम्मतिले फालेर हुन्छ ? यस्ता विषयमा त जनमत सङ्ग्रह गर्नुपर्छ । ”