प्रचण्डजीले भने ।
“आउनुस् अब मुलुकलाई निकास दिम् ।”
“निकास कसरी दिनुन्च ?”
यादवजीले भने ।
“गृहकार्य गर्नुभा छ ?”
“गृहकार्य स्कुल जाँदा त गरिएन,सरकारमा जाँदा गरिन्छ ?”
प्रचण्डजीले भने ।
“गृहकार्य हेर्ने तपाईं मधेसी मोर्चा हो कि माड्साप हो ?”
“निउ खोज्ने कुरा नगरम् ।”
ठाकुरजीले भने ।
“फेरी फन्किएर हिंड्न नपरोस् नि ।”
“गृहकार्य नै सबैकुरा होइन ।”
प्रचन्डजीले भने ।
“बसेर यही गर्न सकिन्छ गृहकार्य ।”
“बस्न त बस्ने, तर कसरी बस्ने ?”
ओलीजीले भने ।
“कुर्सिमा बसौ भने कुर्सी छोडिहालियो । पलेटी कसेर बसौ भने घुडा र गोलीगाँठो बिजाएर उधुम हुन्छ ।”
“उसो भए एसो गरौं ।”
प्रचण्डजीले भने ।
“सबै सुकुलमा घुँडा मारेर बसुम् । अनी वार्ता गरम् ।”
“भन्न खोज्या चै के ?”
महतोजी कड्किए ।
“हामीलाई घुँडा टेकाउन बोलाको ? बसिन्न यस्ता वार्ता सार्तामा । ”
महतोजी फन्किदै बाहिर निस्के । यादव र ठाकुरजी पछी लागे ।
—————————————————-
२
“मुलुकले दु:ख पायो । त्यो भन्दा बढी मैले पाए ।”
प्रचण्डजीले भने ।
“हनिमून समेत राम्ररी मनाउन सकिएन । आफुलाई कसरी सुबिधा हुन्छ त्यसरी बसौं ।”
“त्यसै गरौं । कुर्सीमा भएकाहरु कुर्सीमै बसौ । सुकुलमा सजिलो हुने पलेटी मारेर बसौ । यसरी गाह्रो हुनेहरु पिर्का ओछ्याएर थ्याच्च बसौं ।”
देउवाजीले भन्नुभो ।
“कसैलाई पिलो आछ भने टुक्रुक्क बसौं । यो पनि गाह्रो लाग्नेहरु उभिएरै कुरा गरौं । झोक चल्दा फुत्त बाहिर निस्कन नि सजिलो हुन्छ ।”
“आफुलाई मनपर्ने आसनमा बस्ने हो भने हामी आन्दोलननासनमा बस्छौ ।”
महतोजीले भने ।
“ढोकामा रिङ्गै बस्छम् । धर्ना स्टायलमा ।”
……………………………………………………………………………