Read Time:3 Minute, 22 Second
श्रोतराज बतायोलाल
मुक्तिनाथ, बैसाख २८ ।
दामोदरदास नरेन्द्र मोदीको आसन्न मुस्ताङ भ्रमणलाई ध्यानमा राख्दै मुक्तिनाथमा मिनि आइसियु स्थापना गरिएको छ । दामोदरको भ्रमणको क्रममा ठूलो सङ्ख्यामा मानिसहरु बेहोस हुनसक्ने संभावनालाई मद्यपान गर्दै उक्त स्थानमा मिनि आइसियु स्थापना गर्न लागेको नाम नबताउने सर्तमा एक मध्यम श्रोतले बतायो ।
नाकाबन्दी जस्तो उच्च कोटिएको पूण्य गरेका व्यक्तीलाई नि किन पुजाआजा गर्दै मन्दिर, तिर्थ धाउनु पर्यो भन्ने प्रश्नले उत्पन्न आश्चर्यको झड्काले मान्छे बेहोस हुन सक्ने संभावना रहेको विशेषज्ञहरु बताउँछन् ।
नेपाल बिद्दुत प्राधिकरण श्रोतले जनाए अनुसार यस्तो खालको आश्चर्यले एकै पटक एक हजार दुई सय चवन्न दशमलव छ भोल्डको करेन्ट उत्पन्न हुने र सो करेन्ट मान्छेको होस ‘हस्त नमस्ते’ पार्न काफी हुन्छ । यस विषयमा नेपाल बिज्ञान प्रविधी राष्ट्रिय प्रतिस्ठान (नास्ट) मा सम्पर्क गर्न गर्न खोज्दा झुक्किएर नासामा फून पुगेको थियो । नासाका बैज्ञानिकले अङ्ग्रेजीमा बोलेकाले उति नबुझिए पनि उनको हाउभाउ बुझ्दा यो कुरा सत्य भएको बिश्लेशकहरु बताउदछन् । यस्तो झड्काले बोराको बोरा टेन्सन पर्दा नि बेहोस नहुने जात्रा फ्लिमका बिपिन कार्की धरी बेहोस हुन सक्ने एक अध्यानले पत्ता लगाएको छ ।
दामोदर मोदीलाई गौंडैपिच्छे सम्मान गर्ने कुराले भगवान् मुक्तिनाथ स्वयं नै आश्चर्यमा पर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । मुक्तिनाथ उच्च श्रोतका अनुसार यसले भगवानकै स्वास्थ्यमा गम्भीर असर परेको छ । यो सुने देखीनै उहाँ आश्चर्यले तिरिमिरी देख्न थाल्नुभएको छ । के आइलाग्यो यो भनेर हृदय र स्वासको गति तेज भएको छ । यसले भगवानजी नै कुनै पनि बेला बेहोस हुन सक्ने संभावना रहेकोमा मुस्ताङमा आयोजित “दामोदरको अभिनन्दन, आश्चर्य र यसका परिणामहरु” शिर्षकको एक कार्यक्रका बक्ताहरुले जोड दिएका छन् ।
“के भगवानलाई पनि यो आश्चर्य पचाउन गाह्रो भएको हो त ?” भनेर हामिले भगवान मुक्तिनाथसँग जिज्ञासा राख्दा उहाँ यस विषयमा बोल्न चाहानुभएन । उहाँको हल न चल स्थितीले पनि मुस्ताङमा मिनि हैन मेक्सी आइसियु कै स्थापना गर्नुपर्ने बिज्ञहरु बताउँछन् ।
Damdar Guru………….