Skip to content
Sisakalam

Sisakalam

पर्खी बस । फर्की आउनेछु ।

Admin, June 19, 2019August 18, 2023
0 0
Read Time:1 Minute, 52 Second
ट्रक साहित्ते पनि गज्जबकै जिनिस हो । छोटिला पनि चोटिला पनि । यस्तै चोटिलो, र छोटीलोमा यदाकदा दोहोरिने साहित्ते हो -‘पर्खी बस । फर्की आउनेछु !’
पहिले पहिले त फिलिङ ट्वाँ। सोचिन्थ्यो – के हन्च यो साहित्ते ? पछि पछि बुझियो – हैट् ! यो त माया पिरिमको गजुर्वेदै हो । भन्नुहोला – यजुर्वेद पो हुन्च । गजुर्वेद कसरी हुन्च ? गजुरर्वेद भनेको यजुर्वेद भन्दा माथीको जिनिस हो । गजुर कहाँ हुन्च ? मन्दिरमा । मन्दिर आफैं नै आस्थाको टुप्पो हो । त्यै मन्दिर पनि ढाँडाको टुप्पामा छ भने के हुन्च ? डाँडाको टुप्पाको मन्दिर । मन्दिरको टुप्पाको गजुर । गजुरको पनि टुप्पाको शास्त्र हजुर । गजुर्वेद ।

‘पर्खि बस । फर्की आउनेछु  !’ माया पिरिमको यस्तै उच्च शास्त्र हो -गजुर्वेद । शास्त्रको सार छ – उनी पर्खी बसेको हुन्चिन । उ फर्कने आसमा । उ फर्किने बाचा बाँध्छ – उनी पर्खिने विस्वासमा । पिरिम नि पिरिम । भावुकता हेर्नुस् न । यहि गजुर्वेदको भावमा कम्ता बहकिएन ।
तर पछि पो भेद खुल्यो – यो त ओली सरकारको विधेयक बोक्ने ट्रक पो रहेछ । पहिले एक लट सरकारको तर्फबाट विधेयक जान्छ । घनघोर विरोध हुन्छ । फिर्ता आउँछ । ट्रक भित्रवाट विधेयक पो गाउँदो रहेछ – पर्खी बस । फर्की आउँनेछु !

Share

Facebook
Twitter
Pinterest
LinkedIn

About Post Author

Admin

mail@rabimishra.com
https://sisakalam.com
Happy
Happy
0 0 %
Sad
Sad
0 0 %
Excited
Excited
0 0 %
Sleepy
Sleepy
0 0 %
Angry
Angry
0 0 %
Surprise
Surprise
0 0 %
कार्टुन नोट गुठी व्यंग्य

Post navigation

Previous post
Next post

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%
(Add your review)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2023 Sisakalam | WordPress Theme by SuperbThemes