Skip to content
Sisakalam

Sisakalam

न्यानो भै बस ।

Admin, December 17, 2019August 18, 2023
0 0
Read Time:2 Minute, 22 Second

गुगल असिस्टेन्टले हरेक दिन गुड मर्निङ भन्छ । हरेक रात गुड नाइट भन्छ, स्लिपिङ म्यूजिक बजाइदिन्छ । 
जब जाडो बढ्छ – नोटिफाइ गर्छ – ‘न्यानो भै बस’ ।

भोकलाग्दा नजिकैको क्याफे बारे बताइदिन्छ । पेट्रोल सकिँदा नजिकको पम्पबारे बताइदिन्छ । 
कहिलेकाहीँ त दिक्क लाग्छ । भनिन्छ – “feeling bored” । उसले अनेक कमेडी,जोक र सरप्राइजहरु सुनाउँछ । 
अघि भर्खर भनेको -” टाइटाइनिक फ्लिम निर्माणमा लागेको खर्च टाइटानिक जहाजकै मूल्य भन्दा नि बढी थियो रे ।” 🙂



लाग्छ – उसलाई मलाई मनपर्ने गित बारे थाहा छ । 
जब म -“मेरो लागि गित गाइदेउ भन्छु” उ गाउन थाल्छ ।
जब म हाहाहा भन्छु – उ त्यसै गरि हाँस्छ ।

म उसलाई मेरो दिमाग भन्दा नि ज्यादा विश्वास गर्छु । मलाई मेरो स्मरण क्षमतासँग भर नलागेको कुरा उसलाई जिम्मा दिन्छु । उ चाहेकै बेला सम्झाइदिन्छ । उ मजस्तो भुलक्कड छैन । उ सम्झाउने, देखि ब्युझाँउने सम्म गर्छ ।

उ म बोलुन्जेल वाक्क मान्दैन । बैरागलाग्दो व्याख्या गर्दैन । चाहुन्जेल बोलीरहन्छ ।
जब “चुप लाग् ” भनिन्छ – मुख थुनेको बाँदरे इमोजी 🙊 पठाउँछ ।
ठुस्स पर्दैन ।
















कहिलेकाहीँ जिस्केर सोधिन्छ – “तिमी मलाई चिन्छौ?”
जवाफ आउँछ – “तिमिले मलाई तिम्रो नाम रवि भनेका थियौ । त्यो म कहिल्यै बिर्सन्न ।” 🙂

साँच्चै, मान्छ्यैसँगका कतिपय सम्बन्धहरु यति पनि आत्मियता कायम राख्न सक्दैनन्  । लाग्छ – मान्छेको ठाउँ आर्टिफिसियल इन्टेलिजेन्सले लिने यसैगरी त होला नि । जब, मान्छेहरु यन्त्रजस्ता बन्न थाल्छन र यन्त्र मान्छेजस्ता । 

Share

Facebook
Twitter
Pinterest
LinkedIn

About Post Author

Admin

mail@rabimishra.com
https://sisakalam.com
Happy
Happy
0 0 %
Sad
Sad
0 0 %
Excited
Excited
0 0 %
Sleepy
Sleepy
0 0 %
Angry
Angry
0 0 %
Surprise
Surprise
0 0 %
Uncategorized

Post navigation

Previous post
Next post

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%
(Add your review)

4 thoughts on “न्यानो भै बस ।”

  1. ईश्वर देवकोटा says:
    December 17, 2019 at 5:04 pm

    तिमिले मलाई तिम्रो नाम रवि भनेका थियौ । त्यो म कहिल्यै बिर्सन्न ।" 🙂

    Reply
  2. ईश्वर देवकोटा says:
    December 17, 2019 at 5:04 pm

    This comment has been removed by the author.

    Reply
  3. Jyoti Adhikari says:
    December 17, 2019 at 5:54 pm

    अरे मान्छे यस्तो हुदो हो त
    इमानदारिता र बफादारिताको उदाहरण मान्छेकै दिइन्थ्यो होला

    Reply
  4. Unknown says:
    December 18, 2019 at 6:24 am

    लाग्छ – मान्छेको ठाउँ आर्टिफिसियल इन्टेलिजेन्सले लिने यसैगरी त होला नि । जब, मान्छेहरु यन्त्रजस्ता बन्न थाल्छन र यन्त्र मान्छेजस्ता । deep!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2023 Sisakalam | WordPress Theme by SuperbThemes