किरण मानन्धर होस्टल गए । बोर्डमा लेखिएथ्यो– रुया होस्टल । देख्दै भव्य दरबारजस्तो । त्यहाँ मेडिकलका विद्यार्थी बस्ने रहेछन् । चारजना विद्यार्थी बस्ने रहेछन्– देख्दै डरलाग्दा । मोटा ज्यान भएका । पाखुरा ठूला भएका । बक्सिङ प्रतियोगितामा भाग लिन तयारी गरिरहेकाजस्ता । लामा दाह्री भएका, पहलमानजस्ता । ‘वनारस है ! छुरा हान्ने, रिवाल्वर हान्ने ! गुन्डा बस्ने ठाउँ । बाटो हिँड्दा पनि…