म सिलिङ हेर्दै टोलाइरहन्छु । सोच्छु — यहाँ खनजोत गरेर एउटा जुन र गोडा चारेक लाख तारा रोप्न पाए । तिनै तारा गन्दै, तिम्रो यादमा रात बुत्याउन क्या गज्जब हुन्थ्यो । अचेल आकाश हेर्दै तारा गन्न, खासै स्वाद छैन । गन्दा गन्दा लागेका औलाका थुकले — लफ्रक्कै भिजिसके ताराहरु भिजेका…