खानु न पिनु पुर्पुराँ चिनु भन्या जस्तो अर्काकै दोसमा पनि सरकारले गाली पाएको सरकारलाई नै गाली गरेको देख्दा साह्रै दया लाएर आउदो रहेछ । बिचरो सरकार ! केहि नगरी चुपचाप बसीखादा नि के बिधी दोष लगाउन सकेका हुन् । के बिधि सराप्न सकेका हुन् । कस्तो अपजस्या कर्म लिएर आएको…
Category: लेख / ब्यङ्य
त्यसै बिदेशी गुहारेर हुन्छ ?
गत हप्ता त्रिभुवन बिमान स्थलमा ठुलै हल्लिचल्ली मच्चियो । टर्किस एयरको भिमकाय बिमान आएर धावन मार्गमा सुत्दियो । झिक्न नसकेर मुलुकको गानो गयो । उड्यन प्रधिकरण, बिमानस्थल ब्यबस्थापन र सेना प्रहरीको समेत खलखली पसिना छुटायो । आवत जावत ठप्पै । अन्तत होस्टेमा हैसे गर्न भारत र टर्किस एयरको टोली आएसी…
सहमतीको देउवा फर्मुला
मुलुकमा दुइ दुइ फेरा संबिधानसभा निर्वाचन भयो । अर्बौ अर्ब खर्च भयो । दलहरु बीच कत्रा मुङ्ग्री भयो । सरकारको बन्ने र भत्किने क्रममा मुलुकले छ वटा सरकार फटायो । कति बन्द भए, हड्ताल भए । कत्रा लाठीचार्ज भए । कत्रा कुटाकुट भए । कतिका नलिखुट्टा भाँचिए । अघिल्लो संबिधानको…
यसपाली नि नारायणकाजी रोए भने ?
हुन त तिनी त्यस्तो डरलाग्दा मान्छे होइनन । अनुहार र स्वभाव दुबैमा भयङ्कर देखिन्न । हिंसात्मक बिद्रोहमा पनि तिनी सामेल भएनन् । ‘जनयुद्द’ मा भाग पनि लिएका होइनन । तै पनि संबिधान बन्छ भनिएको समय सिमा नजिकिदै जाँदा नारायणकाजी श्रेष्ठ देख्यो कि सातो जान थालेको छ । उन त तिनी…
बाबुरामलाई रुन देउ ।
हामी केटाकेटीमा सोच्थेम् – राजाले नि पाध्छन् होला ? यदि त्यो बेलाँ राजाले पाधिहालेको भए (पाधेको खबर हामीसम्म आएको भए) के उल्का हुन्थ्यो होला ? कि त हाम्रो त्यो बेलाको राजा उल्काका मान्छे हुन् भन्ने हाम्रो सोचै भताभुंग हुन्थ्यो । “धत् !…
राजधानीलाई राजधानीकै स्थितीमा फर्काइदिम्
सार्क आयो गयो सक्कियो । केहि हप्ता राजधानी सार्कको स्थितीमा थियो । बर्षौ देखी राजधानीको मौलिक स्थितिमा रमिरहेका हामीलाई एक दुइ साता सार्कको स्थिती झेल्नुपर्दा कम्ता गाह्रो भएन । पहिलो कुरो त दिनहुँ हावासँगै धुलो खान बानि परेका हामिलाई बढारिएको सडकमा हिड्नु पर्दा कम्ता…
हात कहाँ राख्ने ?
सार्क सम्मेलनमा दुनियाँलाई नेपालले आफ्नो सम्पन्नता देखायो । हाम्रो बिकास, सुरक्षा र ठाँटमा कुनै कमि देखिएन । सबै भन्दा ठुलो सम्पन्नता ‘राख्ने ठाउँमा’ देखियो । बिमानस्थलको ढोकैमा पाहुनाको सम्मान राख्न उपप्रधानमन्त्रिको ब्यबस्था गरियो । त्यस्पछी उहाँहरुलाई राख्न मागेरै भए पनि बुलेटप्रुफ गाडीको ब्यबस्था गरियो र हुइक्याइयो । गाडी राख्न बसपार्क नै…
थुतुनोग्राफी ( selfie )
पहिले पहिले सौचालय जाँदा लोटा बोकेर जान्थे । अचेल बाथरुम छिर्दा क्यामेरा युक्त स्मार्टफुन लिएर छिर्छन । स्मार्टफुनको स्मार्ट युगका स्मार्ट मान्छेहरु, जसलाई दिन सुभारम्भ गर्न पानी नभए नि क्यै फरक पर्दैन । ट्वाइलेट पेपरले चल्छ । तर क्यामेरा बिना चल्दैन । किनकि बिहान उठे देखी राती नसुते सम्म र…