किरण मानन्धर होस्टल गए । बोर्डमा लेखिएथ्यो– रुया होस्टल । देख्दै भव्य दरबारजस्तो । त्यहाँ मेडिकलका विद्यार्थी बस्ने रहेछन् । चारजना विद्यार्थी बस्ने रहेछन्– देख्दै डरलाग्दा । मोटा ज्यान भएका । पाखुरा ठूला भएका । बक्सिङ प्रतियोगितामा भाग लिन तयारी गरिरहेकाजस्ता । लामा दाह्री भएका, पहलमानजस्ता । ‘वनारस है ! छुरा हान्ने, रिवाल्वर हान्ने ! गुन्डा बस्ने ठाउँ । बाटो हिँड्दा पनि…
Category: लेख
वात्स्यायनको काग
जुलाई २०, १९६९ । अमेरिकी अन्तरिक्षयान एपोलो–११ चन्द्र सतहमा अवतरित भयो । निल आर्मस्ट्रङ र एडविन ‘बुज’ एड्रिनलले चन्द्रमामा पदार्पण गरे । यता हामी ‘सोमदेव’लाई पृथ्वीबाट जल चढाउँदै थियौँ । उता निल र एडविनले एक बोतल पानी घटघट पिए र त्यहीँ ध्वार्र पारिदिए । यही संसारका कोही मानिसलाई चन्द्रमा पुग्न सम्भव भयो । यही संसारका हामी…
लकडाउन एक्सप्रेसन !
देश लकडाउनमा थियो । कोभिड–१९ नामक एक अदृश्य शत्रुको त्रास र भयले हामीलाई लखेटिरहेको थियो र छ । ढोका थुनेर घरभित्र कैद थियो दुनियाँ । जताततै ‘ज्यान बचाऊ’ मिसन सुरु भएको थियो । त्यो कुनै जोस उत्पन्न गर्ने समय थिएन । रोगको भयले घरभित्र थुनिँदा कुनै रोष उत्पन्न हुन सक्दो रहेनछ । तर, अनुभूतिको सामान्य ग्राफमा…
स्थानीय चुनाव र यसका अपेक्षाहरू
लामो रिक्ततालाई चिर्दै दुई दशकपछि स्थानीय चुनावको घोषणा भएपछि स्थानीय तहमा मात्रै होइन राष्ट्रिय राजनीतिमा नि नयाँ तरंग आएको छ । लोकतन्त्रलाई देशको रेसा–रेसामा पु¥याउने काम स्थानीय चुनावले गर्दछ । चुनावको घोषणा, चुनावको सफलतासँगै यसको अनुभूति जनताले गर्न पाउनुपर्छ । देशमा पूर्ण लोकतन्त्र प्राप्त भइसक्दा पनि त्यो १० वर्षसम्म संविधानसभा…
समाजसेवी केटाहरु र राष्ट्रवादी राजनेता
एकताका तत्कालीन एमाले नेता केपी शर्मा ओलीले पार्टीमा चरी, बाहुन, परशुराम लगायत एक से एक डन भित्र्याएका थिए । एकपछि अर्का गुन्डाका नाइकेहरु पार्टीमा भित्र्याउन थालेपछि जनस्तरमा मात्रै होइन पार्टीभित्र पनि त्यसको तीव्र आलोचना भएको थियो । पछिल्लो पार्टी महाधिवेशनमा त माधव नेपालले धनवाद र डनवादविरुद्ध आफूले अध्यक्षमा लड्नुपरेको बताउदै…
देवत्वकरण, दानवीकरण र लोकमान
रवि मिश्र धुइपत्ता खोजिएको साँचो आस मरिसकेसी बगलीमै फेला परेझैं हिजो फेरि अर्को तथ्य फेला प¥यो– ‘यो मुलुकमा अदालत नि छ है ।’ अदालतले कानुनअनुसार एकजना अयोग्य संवैधानिक निकाय प्रमुखलाई योग्यता नपुगेको भन्दै बर्खास्त गरिदियो । जो उसले गर्नै पर्ने कुरा हो । कानुनमा…
निशानामा परिवर्तन
केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे खुलेरै असन्तुष्टि व्यक्त गरे । असन्तुष्टि मात्रै होइन आफूलाई संघीयताविरोधी भनिरहन आग्रहसमेत गरे । रामशरण महतहरुको संघीयता महँगो हुन्छ, मुलुकले धान्दैन भन्ने रोइलो पुरानो होइन । चित्रबहादुर र उनी मार्काका अन्य नेताका सनातनी विरोधको त कुरा छाडौं । धर्म निरपेक्षताको विरुद्ध कमल…
कस्तो होला ओलीको सरकार ?
दुइ दल, तिन दल, चार दल, सरकारी गठबन्धन, बिपक्षी मोर्चा, सहमती, छलफल, बिबाद जस्ता पटकपटक दोहोरिरहने एउटै कुराले वाक्क भैरहदा एउटा कुराले बडो रमाइलो दिइराछ । हुन त यो पनि नौलो हैन दोहोरिएकै कुरा हो तै पनि माघ -८ पछी ओली कामरेड प्रधानमन्त्री हुने कुरा बडा टेस परिरहेछ । होलान…