Skip to content
Sisakalam

Sisakalam

कार्टुन नोट

पर्खी बस । फर्की आउनेछु ।

Admin, June 19, 2019August 18, 2023

ट्रक साहित्ते पनि गज्जबकै जिनिस हो । छोटिला पनि चोटिला पनि । यस्तै चोटिलो, र छोटीलोमा यदाकदा दोहोरिने साहित्ते हो -‘पर्खी बस । फर्की आउनेछु !’ पहिले पहिले त फिलिङ ट्वाँ। सोचिन्थ्यो – के हन्च यो साहित्ते ? पछि पछि बुझियो – हैट् ! यो त माया पिरिमको गजुर्वेदै हो…

Continue Reading

सुन्ने सहनशीलता र शून्य सहनशीलता

Admin, December 1, 2018August 18, 2023

बलात्कार एउटा जघन्य अपराध हो । यसमा कसैको दुईमत नहोला । खुद बलात्कारी र यसको प्रमाण नस्ट गर्न सम्पूर्ण ताकत खर्चिएर लागेको प्रहरी बाहेक । मानवता भएका आम मानिस देखि सरकारले समेत उहिल्यै देखि यसलाई जघन्य अपराध मान्दै आएको छ । यससँगै सरकारले बलात्कार बिरुद्द शून्य सहनशीलता अपनाइन्छ भनेर भन्दै…

Continue Reading

तारा खेती

Admin, November 18, 2018

म सिलिङ हेर्दै टोलाइरहन्छु । सोच्छु — यहाँ खनजोत गरेर एउटा जुन र गोडा चारेक लाख तारा रोप्न पाए । तिनै तारा गन्दै, तिम्रो यादमा रात बुत्याउन क्या गज्जब हुन्थ्यो । अचेल आकाश हेर्दै तारा गन्न, खासै स्वाद छैन । गन्दा गन्दा लागेका औलाका थुकले — लफ्रक्कै भिजिसके ताराहरु भिजेका…

Continue Reading

हन्मान र मान्छे

Admin, October 28, 2018

एकादेशमा एउटो जंगल थियो रे । जंगलमा ऋषिको आश्रम थियो रे । ऋषिजी त्यही आश्रममा बस्नुहुन्थ्यो रे । र, आफ्ना शिष्यहरुलाई ज्ञान बाँड्नुहुन्थ्यो रे । एकदिनको कुरा हो । ऋषिजी सदाझैं आफ्ना शिष्यहरुलाई ज्ञान बाँड्दै हुनुन्थ्यो । शिष्यहरु ज्ञान निल्दै, उग्राउँदैथिए । यसै क्रममा एउटा शिष्यले फ्याट्ट सोधेछ – “गुरुवर…

Continue Reading

खग्रास ओलीअर

Admin, October 3, 2018

कसैकसैको प्रतिभा त अलौकिकै हुन्च । त्यस्ता प्रतिभाले त कस्सम — दुनियाँ चकित खान्छ । यस्तै दुनियाँ चकित ख्वाउने प्रतिभा हुन् — सर्वेन्द्र खनाल । उनको अदभूत ओलिइङ् क्षमताले संसार मात्रै होइन खुद ओलीजी नै चकित हुनु भएको छ । ‘जस्तै कुरालाई नि उट्पट्याङ लयमा ढालेर हाँसो उठ्दो बनाउनु — ठट्टा गर्नु । सिरियस कुरालाई…

Continue Reading

जनताको लागि

Admin, September 11, 2018

कहिलेकाहीँ झ्याप्प नेताजीहरू सम्झिइन्छ । चल्दाचल्दैको मन टक्क रोकिन्छ । एकलट सोचिन्छ— हैट ! उहाँहरू जे गरे पनि हामी जनताकै लागि गर्नुहुन्छ ।– उहाँहरू खानुहुन्छ, जनताकै लागि । – बस्नुहुन्छ जनताकै लागि । – सुत्नुहुन्छ जनताकै लागि । – उठ्नुहुन्छ जनताकै लागि – उठेर फेरि खानुहुन्छ, जनताकै लागि । उहाँहरूका…

Continue Reading

ओलीजीको के दोष ?

Admin, September 11, 2018

कुन्नि के भा’ हो ? ठूला डोजका पीरहरू उति थाम्दैनन् ज्यानले । तर, परी नै रहन्छन् । अहिले त्यस्तै उल्काको पीरले थामिनसाध्धे भा’छ । पीर आफ्नै खास थिएन । जिन्दगीको नि थिएन । थियो केवल मुलुकको । भन्नुहोला— हैट् ! मुलुकको चिन्ता ? राष्ट्रवादी पो रहेछ क्यारे ! धत् !…

Continue Reading

सडक सुधार्ने काइदा

Admin, September 11, 2018

हामीले पटक–पटक टाउकामा हात लगाउँदै खुइय गर्ने अनेकौं कारणमध्धे एक कारण हो- सडक । सरकारजी, सडक विभागजी अथवा योजना बनाउने मुख्य जिम्मेवारहरु निरन्तर सडक व्यवस्था राम्रो पार्न कम्मर कसेर लागेको भए पनि त्यही कस्सिएको कम्मरमै अल्झिएका छन् । कम्मर कसुवाहरु नअल्झिऊन् पनि कसरी ? उपचार गतिलो भए पो अस्तव्यस्तता हटेर…

Continue Reading

गौतम बुद्धलाई ज्ञापनपत्र

Admin, September 11, 2018

एकादेशमा बुद्ध नेपालमै जन्मेका हुन् भनी लोकलाई सुनाउन ७५ हजार मान्छे जम्मा गरी शिलोक वाचन गर्दा पनि विश्वले कहीँ कतै सुनेको नपाइएसि यसका अभियन्ता, सद्भावना दूतहरु समीक्षा बैठकमा जुटेछन् । र, भावी रणनीतिका लागि घनघोर छलफल भएछ । बैठकमा टोलीका सबैभन्दा परिपक्क सदस्य वरिष्ठ डाक्टरसापले गम्भीर भएर भन्नुभएछ, “विश्वले सुनेन…

Continue Reading

अर्थ, अनर्थ, मानार्थ

Admin, September 11, 2018

सबैभन्दा पहिले हुन्छ- अर्थ । त्यसपछि हुन्छ- बेअर्थ  । अनि लाग्छ- अनर्थ । अनि आउँछ मानार्थ । ‘मानार्थ’ पद वा उपाधि संस्थागत उटटापको उच्चतम् डिग्री हो । यसले कहिले साँच्चिकै गुलाबका फूलमा एक्रेलिक रङ दलेर झिलिक्कै सजाइदिन्छ । कहिले सुनमा बेसार दलेर पहेंलै टल्काइदिन्छ । फेरि कहिले चैं प्लास्टिकका फूलमा…

Continue Reading
  • Previous
  • 1
  • 2
  • 3
  • …
  • 63
  • Next
©2023 Sisakalam | WordPress Theme by SuperbThemes